Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता , सत्ता समीकरण र भावी रणनीतिका विषयमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। आज बिहान खुमलटारस्थित प्रचण्डनिवासमा दुई शीर्ष नेताबीच सत्ता समीकरण र भावी रणनीतिका बारेमा छलफल भएको हो।

प्रचण्ड र श्रेष्ठबीचको भेटमा माओवादी केन्द्रलाई लाभ हुने गरी सत्ता समीकरण निर्माण गर्नुपर्ने विषयले प्रवेश पाएको छ। भेटमा माओवादी केन्द्रले सत्ता समीकरणको विषयमा एमाले र कांग्रेस दुवै पार्टीसँग छलफल गरेर साथ लिनुपर्नेमा जोड रहेको छ।

पछिल्लो समय ‘पर्ख र हेर’को अवस्थामा रहेको एमालेसँग दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। माओवादीले पहिलो प्राथमिकता सत्ता गठबन्धनलाई नै दिने तर कांग्रेस सहमतिमा नआएको खण्डमा एमालेलाई साथ लिएर अगाडि बढ्ने तयारीसमेत गरेको माओवादी स्रोतले बताएको छ ।

माओवादी केन्द्र पदाधिकारी बैठकपछि सरकार गठनका लागि सबै विकल्पमा खुला रहेको र सरकार निर्माणका लागि एमालेसँग समेत सहकार्य हुन सक्ने बताएपछि कांग्रेसमा तरंग उत्पन्न भएको थियो। सत्ता गठबन्धनबाट सरकार बनाउने निर्णय गरेपनि हालसम्म भागबण्डाबारे दलहरुबीच छलफल हुन सकेको छैन।

पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झस्किएका छन्। प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन्।

हालको गठबन्धनबाट सम्भव नभए एमालेलाई साथमा लिएर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने माओवादीका दोस्रो तहका नेताहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077