Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्वाइस अफ नेपालबाट बाहिरिए आशिष महर

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’ को सेमिफाइनलबाट सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रहेका आशिष महर बाहिरिएका छन् ।

टीम प्रमोद खरेलबाट उत्कृष्ट ८ मा पुगेका आशिष आज शनिबार रातीको भ्वाइस अफ नेपाल-४ को सेमिफाइनलबाट बाहिरिएका हुन् ।

अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनमा गित गाउदै चारै कोचलाई आफू तिर घुमाउदै महर ‘भ्वाइस अफ नेपाल-४’मा प्रवेश भए । ‘भ्वाइस अफ नेपालका हरेक एपिसोड्मा एकपछि अर्को दमदार प्रस्तुति दिदै दर्शक, स्रोताको मन जित्दै सेमिफाइनल पुग्न सफल भए । तर फाइनलमा भने कम भोट पाएर पुग्न सकेन्न ।

‘भ्वाइस अफ नेपाल-४’ को फाइनलमा टीम प्रमोद खरेलबाट योगेश मगर, टीम राजु लामाबाट करण राई, प्रविशा अधिकारीको समूहका शैल लिम्बु र टीम राजेशपायल राईबाट सविना योङहाङ लिम्बु फाइनलमा प्रबेश गरेका छन् ।

अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ४ को उपाधि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077