Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सांसदहरुको शपथपछि मात्रै सरकार निर्माणको प्रक्रिया अघि बढ्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सांसदहरुको शपथपछि सरकार निर्माणबारे निष्कर्षमा पुग्न सकिने बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रचण्डले शपथ ग्रहणपछि मात्रै सरकार र अन्य कामकारबाहीबारे अघि बढ्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘सांसदहरुको शपथ ग्रहणपछि मात्रै सरकार र अन्य कामकारबाही अघि बढ्छ । अहिले खासै केहि निर्णय भएको छैन ।’

शनिबार प्रचण्डले बालुवाटार पुगेर आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077