Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - नयाँ सरकार बनेपछि समाजवादी केन्द्र बनाउँछौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित नयाँ सरकार बने लगतै समाजवादी केन्द्र बनाउने घोषण गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नयाँ सरकार बने लगतै समाजवादी केन्द्र बन्ने दाबी गरेका हुन् ।

प्रचण्डले भने, ‘हामीले निर्वाचन अघि समाजवादी केन्द्र बनाउने समझदारी गरेका थियौं । अब तत्काल सरकार बनाउनमै केन्द्रित हुनुपर्ने छ । संघीयदेखि प्रदेशका सरकार निर्माण भएपछि समाजवादी केन्द्र बनाउने विषयमा बहस र छलफल हुन्छ ।’

​यदि समाजवादी केन्द्र बनाएर एउटै पार्टी बनाउन नसकेपनि लुज फोरम जस्तो बनाएरै छाडिने प्रचण्डले बताए ।

समाजवादी केन्द्र बनाउने विषयमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, वामदेव गौतम नेतृत्वको नेकपा एकता महाधिवेशन लगायत पार्टी र समूह जोडेर बनाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077