Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हर्क साम्पाङलाई ६ राजनीतिक दलको सुझाव- आफ्नो अभिव्यक्ति फिर्ता लिएर समाधान खोज्नुस्

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा सक्रिय विभिन्न ६ राजनीतिक दलका प्रमुखहरुले उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)लाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर समस्या समाधानको पहल गर्न आग्रह गरेका छन् ।

गत १३ असोजमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानले विचार राखिरहँदा बैठक छाडेर जान भनेको र पछि पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यको राजीनामा माग्ने मेयर साम्पाङको अभिव्यक्ति फिर्ता लिन राजनीतिक दलहरूले आग्रह गरेका हुन् ।

‘नगर प्रमुख हर्कराज राईलाई आफ्नो शब्द फिर्ता लिई सम्वाद र छलफलद्वारा समस्याको सामाधान खोज्न र सामूहिक नेतृत्वसहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडि बढ्न यसै विज्ञप्तिमार्फत सुझाव प्रस्तुत गर्न चाहान्छौं,’ दलहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077