Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको संसदीय दलको बैठक सोमबार बस्दै,माधव नेपाल सर्वसम्मत हुने निश्चित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले दलको नेता चयन गर्नेसमेतको प्रयोजनका लागि बैठक बोलाएको हो ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ ।

यसका लागि पार्टी अध्यक्ष नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077