Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गठबन्धनका नेतामा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्छौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताएका छन् ।

सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् ।

नेपालले भने, ‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं ।गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं ।’

नेपालले कम्युनिष्ट पार्टीहरू किन ओरालो लागे किन विभाजनको स्थिति पैदा भयो भन्ने प्रश्नको समीक्षा गर्नुपर्ने बताए ।

आफूहरू नबिराउने नडराउने मान्यताको साथ अगाडि बढ्ने भएकाले कमजोरी महसुस गर्नुपर्ने अवस्था नभएको बताए । चुनावको मत परिणामलाई लिएर मन सानो गर्नुपर्ने कारण नभएको भन्दै नेपालले कार्यकर्तालाई सान्तवना दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077