Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रपति भण्डारी आयोगको जलपान समारोहमा सरिक

    राष्ट्रपति भण्डारी आयोगको जलपान समारोहमा सरिक

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 609
    SHARES

    vnËf,@^ dªl;/M z}lIfs ejg lznfGof; Pj+ PdaLaLP; z'ef/De sfo{qmd /fi6«klt ljBfb]jL e08f/L cfOtaf/ s0ff{nL :jf:Yo lj1fg k|lti7fgsf] z}lIfs ejg lznfGof; tyf PdaLaLP;nufot z}lIfs z'ef/De sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M ljho /fjt÷/f;;

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक भएकी छिन् ।

    कान्तिपथस्थित आयोग परिसरमा आज आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुन् ।



    समारोहस्थलमा अतिथिहरुलाई प्रमुख निर्वाचन आयु्क्त दिनेशकुमार थपलिया र अन्य आयुक्तले स्वागत तथा अभिवादन गरेका थिए ।



    स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको मूल नारासहित आयोगले ती दुवै तहको निर्वाचन सम्पन्न गरी गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाएको थियो ।

    उक्त निर्वाचनबाट करिब ३३ प्रतिशत महिलासहित प्रतिनिधिसभातर्फ दुई सय ७५ तथा प्रदेशसभा सदस्यतर्फ पाँच सय ५० नयाँ जनप्रतिनिधिको चयन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार