Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

अबदेखि दिउँसो साढे ३ बजे ई-पासपोर्टको अनलाइन आवेदन खुल्ने

काठमाडौं । राहदानी विभागले अबदेखि दिउँसो ३ बजेपछि मात्रै राहदानीको अनलाइन फाराम खोल्ने भएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै विभागले यस्तो निर्णय गरेको हो ।

विभागले २०७१ साल साउन १७ गतेदेखि दैनिक ११ बजेदेखि राहदानीका लागि अनलाइन आवेदन दिन मिल्ने व्यावस्था सुरु गरेको थियो ।

तर, राहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट डेट’को बुकिङ खोल्दा प्रायस्जसो जिल्ला र ईलाका प्रशासन कार्यालयले पनि त्यही आसपासमा बुकिङ खोल्ने गरेको थियो ।

'राहदानी विभागले मिति २०७१।०४।१७ देखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि एपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने गरेकोमा प्रायजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरूले पनि सोही समयको आसपासमा बुकिङ खोल्ने गरेको जानकारी प्राप्त हुन आएको छ,' सूचनामा लेखिएको छ, 'जसकारण विभागको सर्भरमा अत्यधिक चाप पर्न गई वेबसाइटको पेज खुल्न समय लाग्ने र हाइ ट्राफिक भोलुम भन्ने मेसेज देखाउने गरेको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077