Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • फ्रान्सको राष्ट्रिय टोलीबाट बेन्जिमाले लिए सन्यास

    फ्रान्सको राष्ट्रिय टोलीबाट बेन्जिमाले लिए सन्यास

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 666
    SHARES

    काठमाडौं । फ्रान्सका फुटबलर करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

    फ्रान्स अर्जेन्टिनासँग विश्वकप फाइनलमा पराजित भएको भोलिपल्ट सामाजिक संजालमार्फत बेन्जेमाले संन्यास घोषणा गरेका हुन् ।



    ‘मैले केही प्रयास र गल्तीहरू गरेँ जसले मलाई यो स्थानमा ल्यायो । म जहाँ छु यसमा मलाई गर्व छ !’ उनले लेखेका छन् ।



    बेन्जिमा फ्रान्सका लागि कतार विश्वकपको टोलीमा रहेपनि इन्जुरीका कारण खेल्न सकेका थिएनन् ।

    बेन्जिमाले फ्रान्सका लागि ३७ गोल गरेका छन् । सामबार उनको ३५औं जन्मदिनसमेत परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार