Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ गठबन्धनसँग अलग भई एमालेसँग चुनावी सहकार्य गरेको थियो ।

एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ । स्रोतले भन्यो, ‘त्यसैले अहिले फेरि गठबन्धनमै फर्किने जसपा नेताहरूको प्रयास छ ।’

चुनावी परिणाम आएलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सहकार्यको अध्याय सकिएको बताएका थिए । जसपाका एक नेताले भने, ‘अध्यक्षज्यूको यस भनाइबाट जसपा नेपाली कांग्रेस–माओवादी गठबन्धनमा फर्कन चाहेको देखिएको छ ।’

पछिल्लो एक साता जसपा अध्यक्ष यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग दुईपटक भेट गरिसकेका छन् । दाहालसँग भेट गरी यादव शनिबार रौतहट पुगेका थिए । उनी काठमाडौं फर्केर सरकारको विषयमा गम्भीर छलफल गर्ने जसपाकै प्रवक्ता मनीष सुमनले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077