Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाउँपालिकाका अध्यक्ष घर्ती लागूऔषध मुद्धामा दोषी ठहर

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध मुद्धामा दोषी ठहर भएका छन्।

गाउँपालिका–६ को वडा अध्यक्ष हुँदा ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीलाई जिल्ला अदालत बागलुङले आइतबार लागूऔषध गाँजा-चरेस सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो। घर्तीले हाल निसीखोलाको पालिका अध्यक्ष हुन्।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलशले घर्तीमाथि लागेको कसुर ठहर गरेको हो । वडा अध्यक्ष पदमा रहँदा घर्ती २०७७ असार १२ गते घरबाटै ८० केजी गाँजासहित पक्राउ परेका थिए।

बुर्तिबाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्दा इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले घर्तीलाई घरबाटै गाँजासहित पक्राउ गरेको थियो।

घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा-चरेस–नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्धा दर्ता गरेको थियो।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका घर्तीले नेकपा एमालेका भुमिराज घर्तीलाई पराजित गर्दै निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077