Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजार १४.२२ अंकले वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १४ अंकले बढेको छ । साताको तेश्रो कारबारका दिन नेप्से परिसूचक १४.२२ अंकले बढेको हो ।

साताको सुरुवातमा २७ अंकले घटेको बजार हिजो र आज भने सकारात्मक रहन पुगेको छ । १४ अंकले बजार बढ्दा समग्र बजार परिसूचक १८७३.११ मा उक्लिएको छ।

यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.६८ अंकले बढेर ३६६.६५ मा उक्लिएको छ।

मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड ८ लाखभन्दा बढीको काराेबार भएको छ ।

बजार बढ्दा नेपाल दुरसञ्चार कम्पनीकोे सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

यस्तै सिवाईसी लघुवित्त, मन्दाकिनी हाइड्रो लगायतका कम्पनी उच्च कमाउनेमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077