Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस संसदीय दलका उम्मेदवारको प्रथम नामावली प्रकाशन

काठमाडौं । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारको नामावली प्रकाशन गरेको छ।

निर्वाचन कार्यतालिका बमोजिम मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समयमा परेका उम्मेदवारको प्रथम नामावली समितिले प्रकाशन गरेको हो।

समितिका अनुसार दलको नेतामा दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन कुमार थापाको उम्मेदवारी दर्ता भएको समितिले जनाएको छ।

उनीहरूलाई नाम फिर्ताका लागि मंगलबार साँझ साढे ५ बजेसम्मको समय दिइएको छ। त्यसपछि पौने ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077