Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बाह्रदशी गाउँपालिका-१ बस्ने ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकका अनुसार मंगलबार दिउँसो सवा ४ बजे कचनकवल गाउँपालिका-१ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा भुजेल घाँस दाउरा लिएर फर्किँदै थिए ।

त्यसक्रममा जंगली हात्तीले आक्रमण गरेको डिएसपी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077