Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपाका सांसदहरूले मातृभाषामा शपथ लिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का प्रतिनिधि सभा तर्फका सांसदहरुले मातृभाषामा शपथ लिने भएका छन् ।

जस अनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा शपथ लिनेछन् ।

यस्तै रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिने छिन् भने राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की र रेखा यादवले भने नेपाली भाषामा सपथ लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

शपथ बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077