Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसले सबैलाई मिलाउन सक्ने नेतालाई संसदीय दलमा चुन्यो : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले सबैलाई मिलाएर लैजान सक्ने नेतालाई संसदीय दलको नेता चयन गरेको बताएका छन्।

आज सम्पन्न कांग्रेसको संसद‍ीय दलको चुनावबाट सभापति शेरबहादुर देउवा निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै उनले देउवा नै सबैलाई मिलाएर लैजान सक्ने नेता भएको प्रतिक्रिया दिएका छन्।

‘अनेक आलोचना र नकारात्मक कुरा भइरहँदा पनि उहाँबाट गलत टिप्पणी र नकारात्मक सोच कहिले रहेन’, महतले भने, ‘सबैलाई मिलाएर लानुभयो। टिकट पनि सबैलाई मिलाएर दिनु भयो। सबैको समझदारीमा पार्टीलाई अगाडि बढाएर लैजानु भयो।’

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077