Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लिओनल मेस्सीले पीएसजीसँगको सम्झौता अवधि लम्ब्याउन सक्ने

    लिओनल मेस्सीले पीएसजीसँगको सम्झौता अवधि लम्ब्याउन सक्ने

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 699
    SHARES

    एजेन्सी । अर्जेन्टिनालाई विश्वकप जिताएका लिओनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले सम्झौता अवधि लम्ब्याउने अपेक्षा गरेको छ ।

    सन् २०२३ को जुन ३० मा पीएसजीसँग मेसीको सम्झौता सकिँदैछ । त्यसैले उनलाई क्लबमै राखिरहनका लागि व्यवस्थापन पक्षले कोशिश बढाएको छ ।



    मेस्सीले विश्वकप जितेको हेर्नका लागि पीएसजीका अध्यक्ष नासेर अली–खिलाफी लुसेल स्टेडियम पुगेका थिए ।



    मेसीलाई बधाई दिने क्रममा अली–खिलाफीले उनको भविष्यका विषयमा कुरा गर्ने एक बैठकमा उपस्थित हुन अनुरोध गरेको बुझिएको छ ।

    विश्वकप जित्नुअघि नै मेसीले आफ्नो नम्र व्यवहार तथा प्रतिबद्धताका साथ पीएसजी व्यवस्थापनलाई प्रभावित पारिसकेका थिए । पीएसजीले लिओनल मेस्सी र किलियन एम्बाप्पे आफ्नो क्लबबाट खेलिरहून् भनी अपेक्षा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार