Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एलए ग्यालेक्सीमाथि इन्टर मियामीको शानदार जित

    एलए ग्यालेक्सीमाथि इन्टर मियामीको शानदार जित

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 627
    SHARES

    काठमाडौं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा साविक विजेता लस एन्जल (एलए)ग्यालेक्सीमाथि शानदार जित हासिल गरेको छ ।

    लिओनल मेस्सीको अर्को उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले घरेलु टोली एलए ग्यालेक्सीमाथि शानदार जित निकालेको हो ।



    खेलमा मेसीले दुई असिस्ट गरे । सोमबार बिहान बीएमओ स्टेडियममा भएको खेलमा इन्टर मियामीले घरेलु टोली एलए ग्यालेक्सीलाई उसैको मैदानमा ३(१ ले पराजित गरेको हो ।



    खेलको १४औं मिनेटमा फकुन्डो फारिएसले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । ५१औं मिनेटमा जोर्दी अल्वाले मेसीको पासमा गोल गर्दै इन्टर मियाकीको अग्रता दोब्बर पारे ।

    मेसीकै पासमा लुकास काम्पनाले ८३औं मिनेटमा इन्टर मियामीका लागि तेस्रो गोल गरे । साविक विजेता एलए ग्यालेक्सीका लागि राएन होलिङशेडले ९०औं मिनेटमा सान्त्वना गोल फर्काए ।

    मेसीको आगमनपछि नै अपराजित इन्टर मियामीले २५ खेलबाट २५ अंक जोड्दै इस्टर्न कन्फेरेन्सको १४औं स्थानमा छ भने समग्रमा अंकतालिकामा २९ टिममध्ये २७औं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार