Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इन्टर मियामीले जित्यो लिग्स कप, मेसीलाई कीर्तिमानी ४४ औँ उपाधि

    इन्टर मियामीले जित्यो लिग्स कप, मेसीलाई कीर्तिमानी ४४ औँ उपाधि

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 666
    SHARES

    काठमाडौं । इन्टर मायमीले अमेरिकाको लिग्स कपको उपाधि जितेको छ । आज भएको फाइनल भिडन्तमा नाश्भिल एससीलाई सडन डेथमा १०-९ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

    निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ दुवै टिमका ११-११ खेलाडीले पेनाल्टी प्रहार गरेका थिए ।



    ११ राउन्डसम्म भएको सुटआउटमा मियामीका गोलकिपर ड्रेक क्यालेन्डरले विपक्षी टोलीको दुईवटा प्रहार रोक्दै टोलीलाई जीत दिलाए ।



    मेसीले मायमीका लागि खेलेका अहिलेसम्मका सबै खेलमा गोल गरेका छन् । उनले पछिल्ला ७ खेलमा लगातार गोल गर्दै गोल संख्या १० पुर्‍याइसकेका छन् । यहि सिजन मायमीमा आबद्ध भएका मेसीले पहिलो प्रतियोगितामै उपाधि जित्न सफल भए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार