Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ओरालो लाग्यो नेप्से परिसूचक, बैंकिङबाहेक सबै उपसूचक घट्यो

    ओरालो लाग्यो नेप्से परिसूचक, बैंकिङबाहेक सबै उपसूचक घट्यो

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 549
    SHARES

    काठमाडौं । बुधबारको सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार ५‍.८९ अंकले घटेको हो ।

    यस्तै,आज २४ लाख कित्ता सेयर किनबेच हुँदा ८६ करोड रुपैयाँको कारोबार भएको छ । एनआइसि एसियो बैंकको सेयर कारोबार सर्वाधिक भएको छ ।



    बैंकको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नविल बैंकको ३ करोड भन्दा बढीको कारोबार भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको र सृजनशिल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।



    आज १३ वटा उपसूचकहरूमध्ये बैंकिङमा ०.२७ प्रतिशतले वृद्धि भएको छ। बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र अन्य उपसूचकमा ओरालो लागेको नेप्सेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार