Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नयाँ चिनियाँ राजदूत सोङ अर्को साता काठमाडौं आउँदै

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ पुस १२ गते काठमाडौं आउने भएका छन्। बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको हो।

उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङले नेपालमा नयाँ राजदूत पठाएको हो।

नेपाल आएर उनी केही दिन क्वारेन्टीनमा बस्नेछन्। नयाँ राजदूत छन् सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्।

उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्। त्यसैले बेइजिङले एसिया मामिला हेर्ने पाँचजना डेपुटी डाइरेक्टर जनरलमध्ये छन‍्लाई नेपालको राजदूतमा नियुक्ति गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077