Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घाँटीमा खसीको मासु अड्किएर एक जनाको मृत्यु

दैलेख । घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका–६ भूर्तिका ३८ वर्षीय वीरबहादुर सार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सवा १० बजेतिर घाँटीमा अड्किएको मासु ननिक्लिएपछि उनको उपचारका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको थियो ।

अस्पतालमा ल्याइसकेपछि दिउँसो पौने १ बजे उनको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077