Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ

    करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 717
    SHARES

    पर्सा । पर्सामा करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवरलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२७ जसौलीका ३४ वर्षीय कुसल दास र उनका भाई २८ वर्षीय भरत दास रहेका छन् ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोप छ ।



    कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरतलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए ।



    घटनामा प्रयोग भएको ना ३ च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार