Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना संक्रमण बढेको भन्दै राहुल गान्धीलाई ‘भारत जोडो यात्रा’ रोक्न सरकारको आग्रह

    कोरोना संक्रमण बढेको भन्दै राहुल गान्धीलाई ‘भारत जोडो यात्रा’ रोक्न सरकारको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कंग्रेस नेता राहुल गान्धीले गरिरहेको ‘भारत जोडो यात्रा’ लाई रोक्न भारत सरकारले आग्रह गरेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्डवियाले लेखेको पत्रमा देशमा एक पटक फेरि कोरोनाको खतरा बढेकाले ‘हेल्थ इमर्जेन्सी’ को अवस्थाबाट देशलाई बचाउन यात्रा रोक्न आग्रह गरिएको हो ।

    यात्रामा ‘कोभिड प्रोटोकल’ लागू गर्न सम्भव नरहे यात्रा रोक्न मन्त्रीले आग्रह गरे । तर भारत सरकारले भने हाल कोरोनासम्बन्धी कुनै पनि नियम लागू गरेको छैन ।



    विपक्षी दल कंग्रेस नेता राहुलले यति बेला कन्याकुमारीदेखि कश्मीरसम्म ‘भारत जोडो यात्रा’ गरिरहेका छन् । यात्राले एक सय दिन पूरा गरेको छ । राजस्थानको यात्रा पूरा गरेर बुधबार हरियाणा प्रवेश गरेका राहुल यसै साता दिल्ली आइपुग्ने कार्यक्रम छ ।



    कोरोनाका लागि सरकारले कुनै पनि नियम र प्रोटोकलको घोषणा नै नगरेका बेला राहुलको यात्रामाथि प्रतिबन्ध लगाउने विषयलाई कंग्रेसले अस्वीकार गरेको छ । यस्तै चीनमा कोरोना महामारी बढ्दै गएपछि केन्द्र सरकारले सबै निकायलाई सावधानी अपनाउन भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार