Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सपथ ग्रहणका लागि अस्पतालबाट संसद भवन जाँदै माधव नेपाल

काठमाडौं । तीन दिनयता त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माधव कुमार नेपाल शपथमा उपस्थित हुने भएका छन् ।

नेपाल अस्पतालबाट नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुको शपथमा जाने तय भएको समाजवादी प्रेस संगठनका एक नेताले जानकारी दिए । उनका अनुसार शपथपछि नेपाल फेरि अस्पताल नै फर्किनेछ ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ खाँदैछन् । आज दिउँसो १ बजे संसद भवनमा शपथ समारोहको आयोजना हुनेछ ।

नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077