Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

उपेन्द्र यादवलाई प्रचण्डले भने – मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुस्

काठमाडौं र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान खुमलटारमा प्रचण्ड र यादवले सत्ता समीकरणका बारेमा छलफल भएको हो। भेटमा प्रचण्डले यादवसमक्ष आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह गरेको खुमलटारस्रोतले जनाएको छ।

प्रचण्डले सहयोगको अपेक्षा गरेपछि यादवले पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने आश्वसन दिएका छन्। पछिल्लो समय आफैं प्रधानमन्त्री बन्ने कसरतमा जुटेका प्रचण्ड सत्ता समीकरण निर्माणको आन्तरिक गृहकार्यलाई तीब्र पारेका छन्।

सत्ता समीकरण निर्माणबारे कांग्रेस र एमालेसँग समेत समानान्तर वार्तामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका थिए।

जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै लगेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077