Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्डले भने - सरकार सत्ता गठबन्धनकै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्।

प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण कार्यक्रमपछि संसद् भवन परिसरमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ। अब सरकार पनि त्यहीअनुसार बढेर काम गर्छ। गठबन्धनकै सरकार बन्छ। तर, नेतृत्वबारे छलफल गर्दै छौँ।’

गठबन्धनको सरकार बन्ने भएपनि नेतृत्वको विषयमा आफूहरू छलफलमा रहेको बताए।गठबन्धनबाट शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेका छन्।

चुनावी सरकारको नेतृत्व देउवाले गरेको भएकाले आलोपालो सहमति अनुसार आफूले प्रधानमन्त्री पाउनुपर्ने प्रचण्डको अडान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077