Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भर्खरै बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत निर्णय गरेको हो ।

त्यस्तै सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिएको छ।

संसदीय दलको उपनेता र अन्य जिम्मेवारीबारे पछि निर्णय गरिने माओबादी केन्द्रले बताएको छ । उपनेतामा भने वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्माको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077