Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टी-२० लिग तेस्रो पटक सर्‍यो, शनिबारदेखि हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने भनेको फ्रेन्चाइज लिग नेपाल टी–२० लिग तेस्रो पटक सरेको छ ।

क्यानले प्रतियोगिताका लागि विदेशी खेलाडीको श्रम स्वीकृती नभएको कारण देखाउँदै प्रतियोगिता सारेको हो । भोलि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाल टी–२० लिग प्राविधिक कारणले एक दिन पछि सरेको क्यानले जनाएको छ।

सुरुवातदेखि नै विवादित बनेको लिग तीन महिनामा तेस्रो पटक सरेको हो । यसअघि सुरुमा असोज ८ देखि लिग गर्ने भनिएको थियो ।

तर लिग सुरक्षाको कारण देखाउँदै स्थगित गर्न परेको क्यानले जनाएको थियो । पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहने छ ।

जसमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्स र लुम्बिनी अल स्टार्स छन्। यस्तै क्यानले लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077