Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्पताल निर्माण गर्ने विषयमा विवाद हुँदा कुटाकुट, ३५ जना घाइते

बैतडी । बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयबिच १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार दुबै वडाका ३५ जना घाइते भएका छन् ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि मेलौली नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।

त्यसका विरुद्धमा वडा नम्बर १ का बासिन्दाले बुधबार नाराबाजी गरेका थिए। उनीहरुले वडा नम्बर १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग गरेका छन् ।

बिहीबार दुवै पक्षले नाराबाजी गर्दै गर्दा कुटाकुट भएको हो । कुटाकुमा वडा नम्बर ७ का २५ जना घाइते भएका छन् भने वडा नम्बर १ का १० जना घाइते भएको छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077