Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनसरीको एक सामुदायिक वनमा हात्ती मृत फेला

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनमा हात्ती मृत फेला फरेको छ ।

हप्तादिनदेखि बराहक्षेत्र नगरपालिकाको जङ्गलमा २२ वटा हात्ती घुमिरहेका छन् । सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत हात्ती हेर्नेको भीड लागेको छ ।

जङ्गलमा हात्तीको संख्या धेरै भएकाले यस क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र बन रक्षको टोलीले सार्वजनिक मुचुल्का तयार गरी मृत हात्तीको व्यवस्थापन गर्ने कार्य भइरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077