Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा उम्मेदवारी दिन ४५ हजार तिर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा उठ्न ४५ हजार रुपैयाँ शुल्क तोकिएको छ।

निर्वाचन समितिको निर्वाचनसम्बन्धी कार्यतालिकामा उम्मेदवारले ४५ हजार रुपैयाँ उम्मेदवारी दरखास्त शुल्क बुझाउनुपर्ने उल्लेख छ।

कार्यविधिमा उम्मेदवारी दरखास्त फारमबापतको शुल्क १ हजार रुपैयाँ छुट्टै तिर्नपर्ने पनि उल्लेख छ। बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि पुस १३ गते निर्वाचन हुने भएको छ।

कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानिया र बहादुर सिंह लामा दाबेदार रहेका छन् ।

दुबै नेता कांग्रेस संस्थापन पक्षका हुन् । लामा नुवाकोटबाट निर्वाचित भएका हुने भने इन्द्रबहादुर बानियाँ मकवानपुरबाट निर्वाचित भएका हुन् ।

यसअघि कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको निर्वाचनमा उम्मेदवारी दरखास्त शुल्क ५१ हजार रुपैयाँ तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077