Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्ड र चिनियाँ कार्यवहाक राजदूत वाङबीच भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालस्थित चिनियाँ दूतावासका कार्यवहाक राजदूत वाङ सीनबीच भेट भएको छ ।

वाङ र प्रचण्डबीच शुक्रबार बिहान खुमलटारमा भेटवार्ता भएको हो । प्रचण्डले प्रधानमन्त्री बन्ने अडान नछाडिरहेका बेला चिनियाँ दूतावासका उच्च अधिकारीसँग भएको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ ।

कार्यवहाक राजदूत वाङले संभावित सत्तासमीकरण र सरकार निर्माणमा माओवादी केन्द्रको भूमिकाबारे चासो राखेका थिए ।

प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत भइरहेको र त्यसका लागि कांग्रेससँग गम्भीर ढंगले कुरा भइरहेको जवाफ दिएको स्रोतले बताएको छ ।

अघिल्लो साता वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग समेत भेट गरेका थिए ।

त्यसबेला समेत वाङ सत्तासमीकरणका संभावित परिदृष्यबारे लिङदेनसँग छलफल गरेका थिए । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ मा काठमाडौं आइपुग्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077