Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘द भ्वाइस अफ नेपाल' चौथो सिजनको ग्राण्ड फिनाले आज, को बन्ला विजेता ?

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनले आज (शुक्रबार) विजेता प्राप्त गर्दैछ ।

बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् ।

जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टिम राजेश (राजेशपायल राई)बाट सविना योङहाङ, टिम राजु (राजु लामा)बाट करण राई र टिम प्रविशा (प्रविशा अधिकारी)बाट शाइल लिम्बू छन् ।

दर्शकको भोटको आधारमा विजेता छानिनेछन् । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077