Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

शोभराजकी प्रेमिका भन्छिन् - चार्ल्स सुरक्षित घर फर्किन सकुन

काठमाडौं । सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई तत्काल फ्रान्स पठाउनुको विकल्प नभएको उनकी प्रेमिका निहिता विश्वासले बताएकी छिन् ।

अधिवक्ता निहिताविश्वासले १९ वर्ष जेल बसेर छुटेका चार्ल्स शोभराजलाई सुरक्षित घर फर्काउन चाहेको बताएकी हुन् । उनले शोभराजलाई मुटुको भल्भको समस्या रहेको र सुरक्षित घर फर्काउन जरूरी भएको बताइन्।

शोभराज जेलबाट निस्किएपछि निहिताले भनिन्, ‘अहिले उनको स्वदेश फिर्ति महत्वपूर्ण हो । बाँकी दोस्रो कुरा हुन् । उनीमाथि फेरि पनि सुरक्षा जोखिम देखिएकाले फ्रान्स पठाएपछि मात्र हामी ढुक्क हुन्छौँ । त्यसपछि मात्र परिवारको कुरा आउँछ ।’

धेरै वर्षपछि आफूहरूको लडाईं सकिएको उनले बताएकी छन्। साथै उनले शोभराजका वकिलहरूको टिमलाई बधाई समेत दिएकी छन्।

निहिताले १२ वर्षअघि आफुभन्दा ४४ वर्ष ज्येष्ठ शोभराजसँग कारागारमै विवाह भएको घोषणा गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077