Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

केन्द्रीय कारागारबाट रिहा भएका चार्ल्स शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी

काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी गरिएको छ ।

केन्द्रीय कारागार सुन्धाराबाट मध्याह्न रिहा भएका शोभराजलाई अध्यागमन कानुन उल्लघंन गरेको आरोपमा शोभराजलाई पुनः कारागार पठाउने तयारी गरिएको हो।

भिसा सहित अन्य कगजी प्रक्रिया पूरा नहुन्जेल शोभराज अझै १५ दिन केन्द्रीय कारागार रहनपर्ने भएको छ। शोभराजले कारागारबाट निस्किएपछि होटलमा बस्नपर्ने माग गरेका थिए।

दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई उनी १९ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा थिए।

शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077