Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महत भन्छन्– नेपालको स्वार्थ सुनिश्चित गरेर नै बीआरआईमा हस्ताक्षर गरिएको हो

काठमाडौं । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को एमएयू (प्रबन्धपत्रमा) हस्ताक्षर गर्दा नेपालको स्वार्थ सुनिश्चित भएपछि मात्र हस्ताक्षर गरेको बताएका छन्।

सेन्टर फर साेसियल इन्कुलुजन एन्ड फ्रेडालिज्मले आयाेजना गरेकाे छलफल कार्यक्रममा बोल्दै महतले उक्त कुरा बताएका हुन्।

‘चीनले प्रस्ताव गरेका अनेक बिषयलाई परिवर्तन गरेर नेपालको स्वार्थ सुनिश्चित भएपछि मात्र हस्ताक्षर गर्‍यौँ,’ महतले भने।

सन् २०१७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीकालमा महत परराष्ट्रमन्त्री थिए। महतले आफ्नो उक्त कार्याकालमा एमओयूमा हस्ताक्षर गरेका थिए।

बीआराआईको सम्बन्धमा नेपालमा पर्याप्त छलफल नभएको महतले दाबी गरेका छन्। यसका सिद्धान्त तथा अन्य प्रावधानमा पर्याप्त छलफल आवश्यक रहेको पनि महतले बताए। बीआरआईको अन्य मूलुकको अवस्थालाई हेरेर पनि यसलाई अघि बढाउनुपर्ने महतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077