Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने

काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने भएको छ ।

दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका शोभराजलाई बुधबार सर्वोच्चले जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाउन आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् । शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए ।

तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी छ । सिमल ट्राभन्सबाट उनको टिकट काटिएको छ । उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जानेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077