Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

‘बिकिनी किलर’ शोभराजलाई फ्रान्स ‘डिपोर्ट’ गरियो, १० वर्ष नेपाल आउन प्रतिबन्ध

काठमाडौं । ‘बिकिनी किलर’का रूपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई शुक्रबार फ्रान्स डिपोर्ट गरिएको छ। १० वर्ष निष्कासनमा परेका फ्रान्सेली नागरिक चार्ल्सलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो ।

साँझ ६ बजे कतार एयरलाइन्सको क्यूआर–६४७ नम्बरको उडानमार्फत उनलाई फ्रान्स डिपोर्ट गरिएको बताइएको छ । केन्द्रीय कारागारले आजै शोभराजलाई कैदमुक्त गरी अध्यागमनको जिम्मा लगाएको थियो ।

हत्या अभियोगमा करिब २ दशकदेखि नेपालको कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई सरकारले १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरेको हो ।

केन्द्रीय कारागार सुन्धारबाट छुटे लगत्तै अध्यागमन विभाग पुगेका उनले आफू आजै स्वदेश फर्किन चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077