Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

'भ्वाइस अफ नेपाल' सिजन-४ को उपाधि करण राईलाई

काठमाडौं । करण राई चौथो ‘द भ्वाइस अफ नेपाल’ भएका छन् । उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २५ लाख रूपैयाँसहित ‘द भ्वाइस अफ नेपाल’ सिजन(४ को उपाधि हात पारेका हुन् ।

शुक्रबार राति ग्राण्ड फिनाले भएको हो । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

यस्तै टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप हुँदा टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने। दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ।

विजेता राईले नगद २५ लाख, पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोनलगायत थुप्रै पुरस्कारहरू हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077