Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पेरिसमा अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु

एजेन्सी । पेरिसमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।

आक्रमणकारीले कुर्दिश साँस्कृतिक केन्द्रलाई निशाना बनाएर स्थानीय समुदायका सदस्यहरूलाई गोली हानेको बताइएको छ।

६९ वर्षीय एक संदिग्धलाई घटना लगत्तै गिरफ्तार गरिएको थियो। उनी हालसालै जेलबाट छुटेको खुलेको छ।

आक्रमणपछि घटनास्थलमा जम्मा भएका समूह र प्रहरीबिच झडप भएको थियो । यस्तै तीन जना घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077