Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकामा नेपाली दूतावासको गाडीबाटै लुटियो ‘मनी अर्डर’ र ‘क्यासियर चेक’

काठमाडौं । अमेरिकामा गाडी तोडफोड गरी नेपाली दूतावासको रकम लुटिएको छ । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेकहरू लुटिएको हो ।

दूतावासले यही डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गरेको थियो । जहाँ सेवाग्राहीले दूतावासलाई शुल्कबापत मनी अर्डर र क्यासिएर चेक बुझाएका थिए ।

वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ हरु लुटिएको जनाएको छ ।

‘यसबाट सेवाग्राहीहरुमा समय र स्रोत सधानको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ । दूतावासले सेवाग्राहीहरुको नजिकै गइ सेवाप्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने दूतावास आशावादी छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077