Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • म्यानमारका नागरिकले नक्कली कागजात पेस गरी नेपाली नागरिकता र राहदानी लिएको खुलासा

    म्यानमारका नागरिकले नक्कली कागजात पेस गरी नेपाली नागरिकता र राहदानी लिएको खुलासा

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 918
    SHARES

    काठमाडौं । झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी प्रमाणपत्र लिई दुरुपयोग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सर्लाही त्रिभुवननगर गाविस-१ ठेगाना भएका ३९ वर्षीय मोहमद नुर आलमलाई कलङ्की खसीबजारबाट पक्राउ गरेको हो ।



    प्रारम्भिक अनुसन्धानको क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साबिक त्रिभुवननगर गाविस-१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको र सोही नागरिकताको आधारबाट राहदानी विभाग काठमाडौँबाट राहदानी समेत प्राप्त गरेको खुलासा भएको छ ।



    उनलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार