Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • पूर्वराजा ज्ञानेन्द्रले गरे जानकी मन्दिरमा विशेष पूजापाठ

    पूर्वराजा ज्ञानेन्द्रले गरे जानकी मन्दिरमा विशेष पूजापाठ

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 1K
    SHARES

    जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका छन् ।

    शुक्रबार जनकपुरधाम आइपुगेका उनले शनिबार जानकी मन्दिर पुगेर पूजापाठ गरेका हुन् ।



    जानकी मन्दिरमा पूर्व राजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए । उनी मन्दिर पुगेपछि समर्थकले राजा आऊ, देश बचाउको नारा लगाए ।



    पूजापाठपश्चात् उनी जनकपुरस्थित भिआइपी गेस्ट हाउस यात्री निवास पुगेका थिए । पूर्व राजासँग पूर्व महारानी कोमल शाह र छोरी पनि सँगै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार