Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पूर्वराजा ज्ञानेन्द्र किन पुगे मुसहर बस्ती ?

    पूर्वराजा ज्ञानेन्द्र किन पुगे मुसहर बस्ती ?

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 1.7K
    SHARES

    सिमरा । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जीतपुरसिमरा उपमहानगरपालिका-६ स्थित मुसहर बस्तीको अवलोकन गरेका छन् ।

    करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्य लिएर बस्ती अवलोकन गर्न पुगेका हुन् ।



    प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो ।



    पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा पुगेका हुन् ।

    पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार