Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्वराजा शाहले भने – अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेको छु

    पूर्वराजा शाहले भने – अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेको छु

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 834
    SHARES

    रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् । भैरहवामा बिहीबार नागरिक अभिनन्दन ग्रहण गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्।

    पूर्वराजा शाहले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको सुनाए ।



    पूर्वराजा शाहले भने, ‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु।’



    उनले बुद्धभूमि सगरमाथाको देश, सुन्दर, अति मनोरम, यतिका सम्पदा, कतिकति मूल्य मान्यता र सभ्यता भएर कताकता हराइरहेको बताए।

    पूर्वराजा शाहले समाज कानुन र व्यवस्थाबिना देश अस्तित्वमा रहननहुने बताउँदै देश सुहाउँदो, बलियो अभिष्टहरूमार्फत् अगाडि बढ्नुपर्ने बताए।

    उनले अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश सुन्दर र मनोरम भए पनि यतिका सम्पदा, मूल्य मान्यता तथा सभ्यता भएर पनि आज कता कता आफैँ हराइरहेको बताए।

    पूर्वराजा शाहले देश बनाउन राम्रो मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिँदै द्धन्द, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिँड्न कविता शैलीमा आह्वान समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार