Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 468
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा श्रीमानको बञ्चरो प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ ।

    जिल्लाको टिकापुर नगरपालिका वडा न।१ गणेशपुर शिविर बस्ने ६० वर्षको भगीरथ जैशीले ५९ वर्षकी श्रीमती मुगादेवी जैसीलाई बन्चरोले हानेर हत्या गरेका हुन् ।



    गत मंसिर २८ गते विवादका कारण श्रीमतीको टाउकोमा उनले बन्चरो प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बन्चरो प्रहारबाट घाइते भएकी जैसीलाई टीकापुर अस्पतालबाट थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो ।



    कोहलपुरबाट घाइतेको आफन्तको अनुरोधमा मोहन्याल गाउँपालिका वडा न.७ ज्यामिरे लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । बन्चरो प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार