Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • श्रीमतीमाथि बञ्चरो हानेर भागेका श्रीमान मृत फेला

    श्रीमतीमाथि बञ्चरो हानेर भागेका श्रीमान मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 564
    SHARES

    फाइल तस्विर

    नुवाकोट । श्रीमतीमाथि बञ्चरो प्रहार गरी भागेका श्रीमान मृत अवस्थामा फेला परेका छन्। नुवाकोटको ककनी गाउँपालिका(२ चित्रेस्थित ३९ वर्षीय काले भन्ने माइला तामाङको शव फेला परेको हो।

    वडा नम्बर १ नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
    उनले आफ्नी श्रीमतीको हत्या गर्ने प्रयास गरेका थिए।



    सोमबार दिउँसो साढे ३ बजे तामाङले आफ्नी ३५ वर्षीया श्रीमती निरमाया तामाङसँग झगडा गरेका थिए। उनीहरूबीच घरायसी विवादका कारण झगडा भएको थियो।



    त्यही क्रममा बञ्चरोले निरमायाको टाउकोमा प्रहार गरी भागेका थिए। घाइते भएकी निरमायाको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

    फरार भएका माइला तामाङको प्रहरीले खोजी गरिरहेको थियो। मृतक माइलाको शव पनि टिचिङ अस्पतालमै राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार