Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

देउवा–प्रचण्डको छलफलमा थपिए माधव नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भइरहेको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि मिसिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दुई नेताबीच भइरहेको ‘वान टु वान’ वार्ताको क्रममा अध्यक्ष नेपाल प्रवेश गरेका हुन् ।

प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधीले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने बताएका थिए ।

निधीको भनाइपछि निर्णायक छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077